भक्तपुर । यस वर्षको कक्षा १२ को अन्तिम परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्षको तुलनामा यस वर्ष करीव ९० हजार विद्यार्थी घटेका छन् । यो वर्षको परीक्षामा ५ हजार ३ सय ३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ विद्यार्थीले परीक्षा दिँदैछन् ।
जसमध्ये १ लाख ७२ हजार १२ छात्र र १ लाख ६० हजार १ सय ३७ छात्रा र अन्य २ सय ९० परिक्षार्थी सहभागि हुँदैछन् । आंशिक तर्फ ८५ हजार ८ सय ३० परीक्षार्थीहरु सहभागी हुनेछन् । यो वर्ष सबै भन्दा कम मनाङमा ३१ र सबैभन्दा बढि काठमाडौ जिल्लाबाट ६४ हजार ३ सय ३८ सहभागी हुदैछन् । यो वर्षको परीक्षा बैशाख २७ गते सकिँदैछ ।
परीक्षा सकिएको ४५ दिनमा परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।






















