Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उत्तरी नाका रसुवागढीबाट ९ महिनामा ३१ अर्ब ३० करोडको सामान आयात, साँढे ६ अर्बको राजस्व संकलन

Citizenlife ad 2082 falgun to baishak 2083

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१ अर्ब ३० करोड रुपैयाँ बराबरका सामान नेपाल आयात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार आयातित सामग्रीबाट ९ महिनामा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

नाकाबाट आयात हुने प्रमुख सामग्रीमा रोल कपडा, तयारी पोसाक, विद्युतीय इभी गाडी, जलविद्युत् तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण रहेका छन् । नेपालबाट चीनतर्फ भने हस्तकलाका सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीलाई खुवाइने ‘प्याकिङ’ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब ६५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्णरूपमा प्रभावित भएको थियो । पुल निर्माण सम्पन्न भएर गत पुस १७ गतेदेखि मात्रै सामग्रीको आयात–निर्यात भई पुनः नियमित रूपमा सञ्चालन भएको हो ।

Health Tips Ad Road Block