Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ऊर्जा खपत बढाउने तथा बढी भएको विद्युत निर्यात व्यवस्थित गर्ने उद्देश्यका साथ रणनीति तयार, सुझाव माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गर्नुभएको थियो । उक्त समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष पेश गरेको थियो ।

मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ ।

सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ । इच्छुकले मन्त्रालयको इमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन् ।

मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ ।

Health Tips Ad Road Block