Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शेखर गोल्छा पक्राउपछि नाइमाको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वरिष्ठ उद्योगपति, अग्रज उद्यमी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, तथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) बोर्ड सदस्य शेखर गोल्छासँग सम्बन्धित हाल विकसित घटनाक्रमप्रति नाइमाले ध्यानाकर्षण भएको जनाएको छ । यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्ने माग नाइमाको छ । प्रक्रियागत स्पष्टता, सन्तुलन तथा उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पुर्‍याउने नाइमाको भनाइ छ ।

नाइमाले भनेको छ, ‘उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको तथ्य सर्वविदित छ । यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुन्छ ।’

नाइमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था भएको भन्दै कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग रहेको जनाएको छ । तथापि पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाइमाले अनुरोध गरेको छ ।

Health Tips Ad Road Block