Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

होटल व्यवसायी महासंघ सुकुम्बासी बस्तीका १ हजार नागरिकलाई अस्थायी बसोबास उपलब्ध गराउन तयार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन कार्यमा प्रतिवद्ध रहेको जनााएको छ । यसैक्रममा काठमाडौँका थापाथली लगायतका विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्णरूपमा तयार रहेको जनाएको छ ।

महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका सदस्य संस्थाहरूमा आवद्ध होटलहरू मार्फत आवश्यक समन्वय गरी तत्काल करिब १००० जनासम्म नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन सकिने बताइएको छ । एक विज्ञप्तिमार्फत महासंघले भनेको छ, ‘उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थितरूपमा आवास उपलब्ध गराउने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ।’

महासंघका अध्यक्ष टीआर भण्डारी (शंकर) ले होटल व्यवसायी महासंघ नेपाल यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न तत्पर रहेको जनाएका छन् ।

Health Tips Ad Road Block