Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज केपी ओलीले सार्वजनिकरुपमा सम्बोधन गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउँसो दुई च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने एक नेताले बताए ।

अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरीयाको शल्यक्रिया गरेर बैशाख ५ गते घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।

Health Tips Ad Road Block