Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पैसा छैन भनेर विकास निर्माण रोक्न नहुने भन्दै वैकल्पिक स्रोतमार्फत पूर्वाधार क्षेत्रमा लगानी बढाइनुपर्नेमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा मंगलबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहित पदाधिकारीहरुलाई बधाई तथा स्वागत गरे ।

सो अवसरमा हाल पेट्रोलियम पदार्थमा भएको उच्च महंगी र त्यसले पारेको असर, सरकारले संशोधन गर्न लागेको सार्वजनिक खरिद ऐन र संशोधनका विषयमा समेत छलफल भयो । पेट्रोलियम पदार्थमा भएको उच्च महंगीका कारण निर्माण सामाग्री महंगो हुँदा परियोजनाहरुको लागत ह्वात्तै बढेकाले सरकारले विगतमा जस्तै सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

परिसंघका अध्यक्ष पाण्डेले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत तथा कानुनी सुधारका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र १०० अर्ब डलरको बनाउन पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी बढाइनुपर्ने बताए । परिसंघले देशमै रोजगारी सिर्जना, स्वदेशी वस्तुहरुको उपभोग बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताए । उनले सार्वजनिक खरिद ऐनलाई दूरगामी रुपमा दीगो निकास दिनेगरी संशोधन गरिनुपर्नेमा जोड दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले पूर्वाधार विकासलाई समेत उच्च प्राथमिकतामा राखेकाले सहकार्य गरेर अगाडि बढ्न सहज रहेको बताए । सरकारले पूर्वाधार विकासका लागि पैसा छैन भनेर विकास निर्माण रोक्न नहुनेमा जोड दिँदै वैकल्पिक स्रोतमार्फत पूर्वाधारमा लगानी बढाइनुपर्ने बताए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, परिसंघका पदाधिकारी सदस्य सन्दीप शारडा, वाईसीएनसीका अध्यक्ष वसन्त बहादुर चन्द, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

Health Tips Ad Road Block