काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्नेगरी पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई अघि बढाउने निर्णय गर्दै जिल्ला अधिवेशनको कार्यतालिका समेत बैठकबाट तय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।






















