Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बुढी गण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन संशोधन गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको सहभागितामा बुढी गण्डकी जलविद्युत आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच छलफल भएको छ । छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुदन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तमाङ, शोभा खनाल र एलिजा गुरुङको सहभागिता थियो ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको पनि उपस्थिति रहेको थियो ।

बैठकमा बुढी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए ।

छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताए । “आयोजना सम्पन्न गर्नुको विकल्प छैन । कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ, अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन,” उनले भने ।

Health Tips Ad Road Block