काठमाडौं । नेकपा (एमाले) ले बैशाख ९ गते विभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाउने भएको छ ।
पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने एमालेले जनाएको छ ।
एमालेले सबै जिल्ला कमिटीहरूले बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
उपत्यकाको हकमा बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।






















