काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द गर्ने निर्णयलाई निरन्तरता दिने भएको छ । यसअघि मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो ।
मन्त्रालयको आग्रहपछि पनि अन्य क्षेत्रमा बिदा दिएर आइतबार ओपिडी सेवा संचालन गर्दा अस्पतामा बिरामीको चाप बढी हुने भन्दै चिकित्सक संघले आइतबार ओपीडी खोल्न नसक्ने स्पष्ट पारेको थियो । चिकित्सकहरुले सरकारले आइतबार खोल्न निर्देशन दिएपनि त्यसलाई अवज्ञा गर्दै आएका थिए । चिकित्सकले विरोध जारी राखेपछि सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेको हो ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ ।






















