Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल इटाली उद्योग वाणिज्य संघद्धारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा अभिनन्दन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित बसु माया तामाङलाई सम्मान गरेको छ । कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हाे।

तामाङ संघकी एक सम्मानित सदस्य हुन् । व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उनको समर्पण, नेतृत्व र सक्रिय योगदानका महत्वपूर्ण रहेको छ । उनी निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उनको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।

यस अवसरमा संघले तामाङलाई बधाई व्यक्त गर्दै उनले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरेकोमा वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति संघले आभार व्यक्त गरेको छ ।

Health Tips Ad Road Block