Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विपन्नका लागि निःशुल्क उपचारका लागि सरकारद्वारा फ्रि हेल्थ पोर्टल सन्चालनमा, यस्ता छन् सुधारका कदमहरु ! 

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं। विपन्न, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारले ‘Free Health Portal’ सन्चालनमा ल्याएको छ। २०८२/१२/१३ मा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८३ बैशाख २ गतेको प्रगति विवरणबारे जाबकारी दिँदै विपन्नका लागि निःशुल्क उपचार अन्तर्गत विपन्न, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न ‘Free Health Portal’ सञ्चालनमा ल्याइएको जनाएको हो। हालसम्म १५ वटा अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस पोर्टलमा प्रविष्ट गरिसकेको स्वास्थ्यको भनाइ छ।
यस्तै अस्पताल सेवा सुधार र अनुगमन अन्तर्गत सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरिएको छ। यस अन्तर्गत ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोक्ने कार्य सुरु भइसकेको जनाएको छ।
जलन उपचार सेवा विस्तार अन्तर्गत जलनका बिरामीको प्रभावकारी उपचारका लागि ९ वटा संघीय अस्पताल र सातै प्रदेशका १४ गरी जम्मा २३ वटा अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा गरिएको छ।
त्यसैगरी आकस्मिक एयर एम्बुलेन्स सेवा अन्तर्गत दुर्गम पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्सलाई ‘स्ट्यान्डबाई’ राखिएको छ। यसका लागि ११ वटा हेलिकप्टर कम्पनीहरू सहुलियत दरमा मेडिकल इभाकुएसन (Medical Evacuation) सेवा उपलब्ध गराउन सहमत भएका छन्।
गुनसो सम्वोधन अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्यम मन्त्रालयले गुनासो व्यवस्थापनको लागि QR Code बाट प्राप्त ३१२२ मध्ये २६७१ को विश्लेषण गरी समाधानको लागि सम्वन्धित अस्पताल तथा निकायहरुसंग समन्वय भैरहेको जनाएको छ ।
मन्त्रालयका सुधारका अन्य प्रयासहरू:
• सरकारी अस्पतालका फार्मेसीहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली र ‘सुलभ फार्मेसी’ सञ्चालनको कार्य आरम्भ गरिएको छ।
• बिरामीको उपचार इतिहास र रिफरल प्रणालीलाई व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकासको क्रममा रहेको छ।
• अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका २०८२’ बमोजिम अस्पतालहरूले आफ्नै प्रोटोकल बनाई कार्यान्वयन सुरु गरेका छन्।
Health Tips Ad Road Block