काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको ३ लाख २ हजार रुपैयाँ भन्दा बढी पर्ने भएको छ ।
मंगलबार (हिजो) २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा पुगेको छ ।
चाँदीकाे भाउ पनि बढेर तोलाको ५२२० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















