skip this News Page Tips Ad Road Block

दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

काठमाडौं । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु. ५० हजार जरिवाना गरिएको गरिएको हो ।

विभागले यस अघि पनि तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै पहिलो पटक सचेत गराएको थियो।

Health Tips Ad Road Block