Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एक महिनामा मोबाइल बैंकिङमार्फत ५ खर्ब ४० अर्ब ७६ करोडको कारोबार !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा एक महिनामा मोबाइल बैंकिङमार्फत ५ खर्ब ४० अर्ब ७६ करोडको कारोबार भएको पाइएको छ । फागुन महिनामा यो कारोबार भएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङअन्तर्गत ६ करोड २५ लाख कारोबारमार्फत रु. ५ खर्ब ४० अर्ब ७६ करोड कारोबार भएको हो ।

फागुनमा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबारमार्फत रु.७५ अर्ब ७३ करोड बराबरको कारोबार गरेका छन् ।

त्यसैगरी क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड ९० लाख कारोबारमार्फत रु. १ खर्ब २५ अर्ब ९२ करोड कारोबार भएको छ ।

यसरी हेर्दा नेपालमा विद्युतीय कारोबार बढिरहेको देखाउँछ ।

Health Tips Ad Road Block