skip this News Page Tips Ad Road Block

पाथीभरामा २ करोड ९६ लाख रुपैयाँभन्दा बढी भेटी संकलन

Citizenlife ad 2082 falgun to baishak 2083

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड छ्यानब्बे लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा यो रकम संकलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार नौ महिनाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपैयाँ भेटी संकलन भएको छ ।

नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी रकम मङ्सिर र कम भदौ महिनामा सङ्कलन भएको छ । मङ्सिर महिनामा कुल ७५ लाख ४९ हजार १०० र भदौमा नौ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।

Health Tips Ad Road Block