काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ र ३० गतेका लागि तय भएको ६० औं वार्षिक साधारण सभा एवं निर्वाचनको मिति सरेको छ।
उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएकोमा २०८२ चैत २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले सो साधारण सभा एवं निर्वाचनको मिति सारेको हो।
अब महासंघको सभा एवं निर्वाचन २०८३ वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय भएको महासंघले जनाएको छ ।
साथै सो बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते आयोजना गर्ने निर्णय समेत गरेको छ ।





















