skip this News Page Tips Ad Road Block

आज रातिदेखि संघीय संसदको चालु अधिवेशन अन्त्य हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को मिति २०८२ चैत २४ गतेको सिफारिसबमोजिम संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन संघीय संसद भवन सिंहदरबार संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

Health Tips Ad Road Block