skip this News Page Tips Ad Road Block

वस्तुगत संघतर्फ शिव घिमिरे समूहको २ दर्जनभन्दा बढी संघको समर्थनसहित उम्मेदवारी दर्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेद्वार शिव प्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आज बिहान औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो ।

घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको जनाएको छ । घिमिरेबाट वस्तुगत संघ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रबिन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्की, बीउ–विजन क्षेत्रबाट वसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धन प्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होम प्रसाद घिमिरे, फ्लोरिकल्चर (फूल खेती) उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष बिष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट विश्वनाथ खनाल र इटा उद्योग क्षेत्रबाट कृष्ण प्रसाद अवालले उम्मेद्वारी दिएका छन् ।

भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले शिव प्रसाद घिमिरे नेतृत्वको यो समूह चुनाव जित्नेमा ढुक्क देखिएको छ ।

उम्मेदवारहरूले महासंघलाई अझ प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उद्योग–व्यवसायको विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् ।

उम्मेदवारी दर्तापछि वस्तुगत समुहका उपाध्यक्ष उम्मेदवार घिमिरेले सुरक्षित नीजि क्षेत्र शसक्त महासंघको अबधारणामा काम गर्ने बताए । साना, ठूला, मझौला सबै व्यवसायीको घाम पानी छेक्ने वास्तविक छाता भएको महासंघ बनाउनेगरि एजेण्डाका काम गर्ने पनि उनको धारणाा छ ।

उम्मेदवारी दर्तामा दुईदर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघको ६०औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ ।

Health Tips Ad Road Block