Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डिपी अर्याल सभामुखमा निर्विरोध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्विाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा रास्वपाका उपसभापति अर्याललाई निर्वाचित भएको घोषणा गरेका हुन् । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरेका हुन् । अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, पार्टी महामन्त्री सुनील लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी सोविता गौतमले बैठकमा आ–आफ्ना धारणा राखेका थिए ।

अब सभामुख पदमा निर्वाचित अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नेछन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

को हुन् डोलप्रसाद अर्याल ?

धादिङका डोलप्रसाद अर्याल नेपाली राजनीतिज्ञ हुन् । उनी वि.सं. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका थिए । वि.सं. २०७९ को निर्वाचनमा उनी खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य हुन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिको रुपमा क्रियाशील छन् । उनी माघ २०७९ मा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि छोटो समयका लागि कार्यवाहक अध्यक्ष नियुक्त भएका थिए ।

त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए । लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम छन् ।

अर्याल दुई पटक श्रम मन्त्री बनिसकेका छन् । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उनी रास्वपाबाट काठमाडौँ–९ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका हुन् ।

Health Tips Ad Road Block