Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अझै थप ३ दिन मुग्लिन–नागढुङ्गा सडक राति बन्द हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । थप अझै ३ दिन मुग्लिन–नागढुङ्गा सडकखण्ड रातको समयमा बन्द हुने भएको छ । यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर क्षेत्रमा सवारी आवागमन बन्द हुने भएको हो ।

पहिला ३ दिन बन्द गर्ने सूचना जारी भएको थियो । अहिलेको सूचनाअनुसार आजदेखि चैत २२ गते सम्म (थप ३ दिन) राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछ ।

यस अबधिमा राजमार्ग पश्चिमबाट काठमाडौं आएका मालवाहक सवारीहरु गैंडाकोट ( आसपासका क्षेत्रहरू), पूर्वबाट काठमाडौं टाँडी, गोन्द्राङ र रामनगर आसपासका क्षेत्र र पोखराबाट काठमाडौं बिमलनगर तनहुँ आसपासका क्षेत्रमा रोक्नुपर्नेछ । काठमाडौंबाट मुग्लिनतर्फ आउने मालवाहक सवारी साधनहरू बिशालटार, माझिमटार आसपासका क्षेत्रमा रोक्नुपर्नेछ ।

यात्रु वाहक सवारी साधनहरू भने पश्चिमबाट जुगेडी, दासढुङ्गा, आबुखैरेनी आसपासका क्षेत्रमा र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीहरु फिस्लिङ, कुरिनटार, लेवाटार आसपासका क्षेत्रमा रोक्नुपर्नेछ ।

थप जानकारीका लगि सचिन मिश्र ९८४९५४४६०७ (नागढुङ्गा–मुग्लिन सडक योजना) र नेपाल प्रहरी (१००), ट्राफिक प्रहरी (१०३) मा कल गर्न सकिनेछ ।

Health Tips Ad Road Block