Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

व्यवसायी दिपक भट्ट र दलाल नं. ५५ सँग कुनै संलग्नता नरहेको नेपाल लाइफको भनाइ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायी दिपक भट्ट र दलाल नं. ५५ सँग कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्दै यसबारे स्पष्ट पारेको हो ।

नेपाल लाइफद्धारा जारी विज्ञप्ति यस्तो छ

केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने गलत समाचारहरु प्रकाशित भएको प्रति कम्पनीको गम्भिर ध्यानाकर्षण भएको छ । यस कम्पनीको माथि उल्लेख गरिए अनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बनिधत सवैमा जानकारीको लागि अनुरोध गर्दछौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको व्यहोरा हाम्रा सम्पूर्ण सरोकारवालाहरुमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौं ।

Health Tips Ad Road Block