skip this News Page Tips Ad Road Block

एकैदिन करिब ७५ अंकले घट्यो बजार परिसूचक नेप्से, के लगानीकर्ता डराएका हुन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज एकैदिन शेयर बजार परिसूचक नेप्से ७४.७३ अंकले घटेको छ । नेप्से घटेर २७७६.३६ अंकमा आइपुगेको छ । बजारका सबै सूचकहरु राताम्यै भएका छन् । आज क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२१ अंकले घटेको छ ।

बजारमा २५५ कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको मूल्य बढेको देखिएको छ ।

बजारमा ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बजार राताम्य भएपनि विभिन्न ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढेको पाइएको छ ।

नयाँ सरकार आएपछि के हुने हो भन्ने आशंका बढेको कारण कतिपय लगानीकर्ता डराएको कतिपयको विश्लेषण छ ।

Health Tips Ad Road Block