skip this News Page Tips Ad Road Block

एमाले संसदीय दलको बैठक बस्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोलीदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ । फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट सहित २५ जना सांसद रहेका छन् ।

बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनेछन् ।

Health Tips Ad Road Block