skip this News Page Tips Ad Road Block

प्रधानन्यायाधीश राउतको अवकाश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अनिवार्य अवकाश पाएका छन् । ६५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि २०८१ असोज २० गतेदेखि उनी प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेका थिए ।

राउत २०७३ साउन १७ मा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए । राउतको अवकाशसँगै सर्वाेच्चमा रिक्त न्यायाधीशको संख्या ३ पुगेको छ । राउतको अवकाशसँगै कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वतः पाउनेछिन् ।

यदि अब रोलक्रम अनुसार नै प्रधान न्यायाधीश नियुक्त भएमा मल्ल नै प्रधान न्यायाधीश बन्नेछिन् । अहिलेकै उमेरहदको व्यवस्था कायम रह्यो भने मल्लको कार्यकाल २०८५ कात्तिक ९ गतेसम्म रहनेछ ।

Health Tips Ad Road Block