काठमाडौं । आज एकैदिन नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४७२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















