skip this News Page Tips Ad Road Block

आज बालेन शाहले प्रधानमन्त्रीको सपथ लिंदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नयाँ निर्वाचनपछि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेपछि आज प्रधानमन्त्रीको सपथ गराउने कार्यक्रम रहेको छ ।

आज अपराह्न १२ः३४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको शपथग्रहण गराउने गरी राष्ट्रपति कार्यालयमा तयारी गरिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् विस्तार गर्नेबारे सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेबीच निरन्तर छलफल र परामर्श भइरहेको छ । आगामी सरकार सुशासन र मितव्ययिता कायम गर्ने गरी सानो आकार (१५ देखि १८) जनाको गठन गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

शाहले प्रधानमन्त्रीमा शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुले मङ्गल पाठ गर्ने र सात वटा शङ्खबाट शङ्खनाद गरिने तयारी गरिएको छ । आगामी सरकारको प्रमुख ध्यान मुलुकमा सुशासन कायम गर्ने रहेको जनाउँदै रास्वपाले मन्त्री चयन गर्दा विषय विज्ञता र अनुभवका आधारमा गर्ने जनाएको छ । सरकार गठनसँगै प्रतिनिधि सभाको सभामुख, प्रमुख सचेतकलगायत चयन गर्नेबारे पनि छलफल भइरहेको छ ।

रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा गरिएको थियो ।

Health Tips Ad Road Block