skip this News Page Tips Ad Road Block

फेरि १५/१५ रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा फेरि पेट्रोल डिजेलको मूल्य लिटरमा १५/१५ रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य वृद्धि भएपछि पेट्रोल र डिजेलको मूल्य समायोजन गर्नुपरेको जनाएको छ ।

विगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको र सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ । यसले निगमलाई १५ दिन ५ अर्व घाटा हुने र पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्व घाटा हुने बताएको छ ।

मार्च १ देखि मार्च २४, २०२६ सम्म निगमले खरिद गर्ने पेट्रोलको मूल्यमा प्रति लिटर रु.७६ र डिजलमा प्रति लिटर रु.१४३ वृद्धि भएको निगमले जनाएको छ। पछिल्लो पटक निगमले मार्च १६, २०२६ मा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु.१५ र डिजलमा प्रति लिटर रु.१० मात्र ले समायोजन गरेको थियो । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने निगमको भनाइ छ । इण्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने भन्दै उपभोक्ताको हितलाई मध्यनजर गरी र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गरी हाललाई पेट्रोलमा प्रति लिटर रु.१५ र डिजल/मट्टितेलमा प्रति लिटर रु.१५ ले वृद्धि गरेको निगमले स्पष्ट पारेको छ ।

बढेको मूल्य अनुसार अब पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १६४ रुपैयाँ ५० पैसा पर्दछ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १८६ रुपैयाँ र डिजेल/मट्टितेल १६६ रुपैयाँ पर्दछ । त्यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १८६ रुपैयाँ र डिजेल/मट्टितेल १६७ रुपैयाँ पर्दछ ।

Health Tips Ad Road Block