skip this News Page Tips Ad Road Block

क्षयरोग नियन्त्रणमा ग्राण्डीको योगदानः ग्राण्डीको डट्स क्लिनिक प्रभावकारी बन्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ। काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले क्षयरोग नियन्त्रणका लागि डट्स केन्द्र स्थापना गरी विरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्राण्डीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा विगत तीन वर्षदेखि ‘क्षयरोग उपचार डट्स केन्द्र’ केन्द्रको स्थापना गरी क्षयरोगका विरामीलाई उपचार प्रदान गर्दै आएको हो ।

ग्राण्डीले स्थापनाकालदेखि नै क्षयरोगका विरामीलाई उपचार गर्दै आएपनि विगत तीन वर्षदेखि भने डट्स केन्द्र स्थापना गरि सेवा प्रदान गर्दै आएको हो । क्षयरोग माइक्रोव्याक्टेरियम ट्युबरक्लोसिस नामको व्याक्टेरियाका कारण लाग्ने गरेको छ । ग्राण्डी अस्पताल, डट्स शाखाकी फोकल पर्सन अनिता बज्राचार्य डाक्टरको सल्लाहअनुसार नियमित रुपमा औषधी सेवन गर्दा उक्त रोग निको हुने बताउँछिन् ।

टिवी (क्षयरोेग) दुई प्रकारका हुन्छन् । पल्मोनरी र एक्स्ट्रा पल्मोनरी टिवी । पल्मोनरी टिवी छातिमा हुने टिवीलाई जनाउँछ भने एक्स्ट्रा पल्मोनरी टिवी भन्नाले छाती भन्दा अन्य भागमा हुने टिवीलाई जनाउँछ । पल्मोनरी टिवी ६ महिना निरन्तर औषधी सेवन गर्दा निको हुन्छ भने एक्स्ट्रा पल्मोनरी टिवी भएमा १२ देखि १८ महिनासम्म औषधी सेवन गर्नुपर्ने हुन्छ ।

टिवीको साइड इफेक्ट समेत हुने गरेको छ । सुरुमा औषधी सेवन गर्दा दिशा, पिसावमा रातो आउने, कसैलाई पेट फुल्ने, टाउको दुख्ने, जीउ भारी हुने, वाकवाक लाग्ने, जीउ चिलाउने र जण्डीस हुने गर्दछ । जण्डीसको लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।

टिवीको औषधि एकै समयमा खाने गर्नुपर्दछ । टिवीको औषधि खाने बिरामीले प्रोटिनयुक्त खाना, सागपात, गेडागुडी, माछामासु बढी मात्रामा खाने गर्नुपर्दछ ।

ग्राण्डीले डट्स केन्द्र स्थापना भएदेखि चिकित्सकको प्रतक्ष्य निगरानीमा विरामीलाई क्षयरोगको औैषधि खुवाउँदै आएको फोकल पर्सन बज्राचार्य बताउँछिन् । ग्राण्डीले प्रत्येक दिन ‘क्षयरोग उपचार डट्स केन्द्र’ मार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस मनाइएको छ । सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाउने गरिएको हो ।

Health Tips Ad Road Block