Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरुलाई पुरस्कार वितरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल । नेपालको अग्रणी राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ । उक्त अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको यस अभियानको मुख्य उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्नु थियो।

साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुईवटा प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले उत्कृष्ट र प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ। अभियानका प्रमुख विजेताहरू यसप्रकार छन्:

• TATA Xpres-T EV (क्याब चालक श्रेणी): तुम बहादुर थापा मगर ।

• TVS Raider (बाइक/मोटो राइडर श्रेणी): अशेष मगर ।

उक्त दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका हुन्।
ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो, जसमा समावेश छन्:

● १५ जना विजेतालाई Redmi Note 14 5G स्मार्टफोन ।
● ३० जना विजेतालाई Ultima Atom 192 ब्लुटुथ इयरबड्स ।
● ३० जना विजेतालाई Ultima Circle स्मार्ट वाच ।
● १,५०० जना विजेतालाई पेट्रोल भौचर ।

पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै तुम बहादुर थापा मगरले भने, “हाम्रो मेहनत र समर्पणको कदर गरेकोमा म इनड्राइभप्रति हार्दिक आभारी छु। प्लेटिनम स्तर कायम राख्न निरन्तरता, अनुशासन र उत्कृष्ट सेवा आवश्यक हुन्छ। यो उपलब्धिले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ।”

त्यसैगरी राइडर साझेदार अशेष मगरले भने, “ग्रान्ड पुरस्कार जित्न पाउँदा निकै खुशी लागेको छ। यस अभियानले आफ्नो प्रदर्शन सुधार गर्न र सेवा स्तर कायम राख्न प्रेरित गरेको छ। यो उपलब्धि मेरो र मेरो परिवारका लागि गर्वको विषय हो।”

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भनिन्, “हाम्रा चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको आधार हुन्। उहाँहरूको समर्पणको सम्मान गर्दै हामीले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सञ्चालन गरेका हौँ। यस अभियानले चालक साझेदारहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई सशक्त बनाउन सहयोग गरेको छ। आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता छ।”

इनड्राइभका लागि चालकहरू केवल सेवा प्रदायक मात्र नभई समुदायका महत्वपूर्ण सदस्य हुन्। कम्पनीले उनीहरूको योगदानको सम्मान गर्दै निष्पक्षता, पारदर्शिता र रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।

Health Tips Ad Road Block