काठमाडौं । केही दिनयता नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज पनि तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेर ४४२५ रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।






















