skip this News Page Tips Ad Road Block

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित गर्दै ल्याउन लागिएको यस रेडम्याजिक ११ प्रोमा १४४ हर्जको रिफ्रेश रेटसहितको ६।८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध हुने छ, जसले अत्यन्तै स्मूथ भिजुअल्स र इमर्सिभ गेमप्ले अनुभव सुनिश्चित गर्छ। साथै, यस रेडम्याजिक ११ प्रोमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र प्रिमियम, पर्फर्मेन्स–केन्द्रित डिजाइन रहने अपेक्षा गरिएको छ।

पर्फर्मेन्सका हिसाबले रेडम्याजिक ११ प्रो नवीनतम क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने छ, जसले फ्ल्यागशिप स्तरको स्पिड र रिस्पोन्सिभनेस प्रदान गर्नेछ। ५० एमपी ं ५० एमपी ं २ एमपी को ट्रिपल रियर क्यामरा सेटअपका साथै १६ एमपीको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि ब्यालेन्सड अनुभव प्रदान गर्नेछ।

साथै रेडम्याजिक ११ प्रोमा ७५०० एमएएच ब्याट्री र ८० वाटको अल्ट्रा–फास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एकको रुपमा स्थापित गर्नेछ।

एक लाख साठी हजारको हाराहारीमा मूल्य भएको यो फोन प्रि बुकिङको लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

Health Tips Ad Road Block