skip this News Page Tips Ad Road Block

“नुन र सून / सूल ज कुल्ड”: इस्टोनियन टेक्सटाइल डिजाइनर लिइसी टामको रेसिडेन्सी प्रदर्शनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ, नेपाल । आर्टुडियो इस्टोनियाकी टेक्सटाइल डिजाइनर तथा अनुसन्धानकर्ता (Liisi Tamm) लिइसी टामको रेसिडेन्सी प्रदर्शनी “नुन र सून / सूल ज कुल्ड” (Sool ja Kuld) प्रस्तुत गर्न पाउँदा खुशी व्यक्त गरेकाे छ। प्रदर्शनी यहि चैत्र ६ गतेदेखि १० गतेसम्म ललितपुरको नकबहिलस्थित आर्टुडियोको पाटन विंगमा आयोजना भइरहेकाे छ। गत फेब्रुअरी-मार्च २०२६ मा आर्टुडियोको इन्टरनेसनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत भएको उनको बसाइँको परिणामस्वरूप यो प्रदर्शनी हुन लागेको हो।

“हामी पहिले नुन र सुन मात्र किन्थ्यौं, अरू त सबै हामी आफैं बनाउँथ्यौं।” भन्ने नेपालमा प्रचलित एउटा आहानबाट प्रेरित यस प्रदर्शनीले आत्मनिर्भरता, सिर्जना प्रक्रिया र परम्परागत ज्ञानको दीर्घकालीन महत्वलाई उजागर गर्दछ। यही अवधारणा मार्फत (Liisi Tamm) टामले परम्परागत हस्तकला अभ्यास र स्थानीय सामग्रीहरूको सांस्कृतिक तथा भौतिक महत्वको खोजी गरेकी छन्।

रेसिडेन्सी अवधिमा (Liisi Tamm) टामले काठमाडौं उपत्यका तथा नेपालको अन्य स्थानहरूको व्यापक अध्ययन गर्दै रैथाने कपडा बुन्ने परम्परा, प्राकृतिक फाइबर र हरेक दिन गरिने हस्तनिर्माण अभ्यासहरूसँग नजिक रहेर काम गरिन्। स्थानीय महिला हस्तकलाकर्मी तथा सृजनात्मक व्यक्तिहरूसँगको संवाद र सहकार्यले उनको कामलाई आकार दिएको छ, जसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत कपडा बुन्ने ज्ञानलाई उजागर गनर्र्दे कम्छपनीले जनाएकाे छ ।

प्रदर्शनीमा नेपाल बसाइँका क्रममा विकसित गरिएका उनका विभिन्न टेक्सटाइल अन्वेषणहरू प्रस्तुत गरिएका छन्, जसले परम्परा र समकालीन अभ्यासबीचको संवाद सिर्जना गर्नेछ । स्टोनियन टेक्सटाइलको स्पर्श र नेपालको समृद्ध हस्तकला परम्पराको संयोजनले यी कामहरूमा सामग्रीप्रतिको बुझाइ र साझा अभ्यासमा आधारित अन्तर-सांस्कृतिक समानता देख्न पाइन्छ।

“नुन र सून / सूल ज कुल्ड(Sool ja Kuld)” ले दर्शकलाई परम्परागत हस्तकलालाई केवल सांस्कृतिक वस्तुको रूपमा मात्र नभई जीवित अभ्यासका रूपमा हेर्न आमन्त्रण गर्दछ, जहाँ बनाउने प्रक्रियामार्फत नै इतिहास, पहिचान र ज्ञानको प्रवाह निरन्तर अघि बढ्दै जाने कम्पनीकाे भनाइ छ।

Health Tips Ad Road Block