Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा संकलन भएको सुनचाँदी प्रशोधन सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले बुधबारदेखि प्रशोधन गर्न सुरु गरिएको हो । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो ।

कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा रिफाइन सुरु गरिएको समितिले जनाएको छ । रिफाइनको कार्य सम्पन्न हुन करिब एक साता लाग्ने बताइएको छ । यसअघि रिफाइन गरिएको एक सय ७८ तोला ८२ लाल सुन समितिले भण्डारण गरि राखेको छ । जुन अहिले लिलामीको प्रक्रियामा छ । चाँदी भने यसअघि नै लिलामी भइसकेको समितिले जनाएको छ । पछिल्लो समयमा रिफाइन गरिएको सुन तथा चाँदी समेत लिलाम गर्ने योजनामा समिति रहेको छ ।

Health Tips Ad Road Block