skip this News Page Tips Ad Road Block

बेनी हाइड्रोको आईपीओमा वैदेशिक रोजगारमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारमा रहेकाहरुलाई आईपीओ निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि  आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयर मोबाइल एप तथा वेवसाइट र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ ।

Health Tips Ad Road Block