skip this News Page Tips Ad Road Block

युद्धको असर वैदेशिक रोजगार क्षेत्रमा, श्रम स्वीकृति लिने घटे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । पछिल्लो समयाको अमेरिका–इजरायल र इरान युद्धको असर नेपालको वैदेशिक रोजगारीमा जाने श्रमिकमा पनि देखा पर्न थालेको छ । युद्धको असरले नेपालका प्रमुख १२ श्रम गन्तव्य देशमा जाने श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत फागुनमा ५२ हजार ९४४ श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । फागुनको तेस्रो सातादेखि खाडीक्षेत्रमा देखिएको युद्धलाई ध्यानमा राखी विभागले संयुक्त अरब इमिरेटस (युएई), कतार, साउदी अरब, कुवेत, ओमान, बहराइनलगायतका १२ देशका लागि श्रम स्वीकृति दिन रोक लगाएको छ । विभागले ती देशमा असुरक्षा बढ्दै गएकाले अर्को व्यवस्था नहुँदासम्म लागि श्रम स्वीकृति स्थगन गरेको हो । त्यसैले फागुनमा सबैभन्दा कम श्रम स्वीकृति जारी भएको छ ।

अघिल्लो महिनासम्म प्रतिमहिना थोरैमा ६३ हजार र धेरैमा ७३ हजारसम्म श्रम स्वीकृति जारी भएकोमा फागुनमा ५३ हजार मात्र जारी भएको छ । चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मङ्सिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा भने ५२ हजार ९४४ ले मात्र श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो महिनासम्म युएईमा १५ हजार दुई सय जनाले गरेकोमा फागुनमा ११ हजार ४९२ जनाले स्वीकृति लिएका छन् । कतारमा अघिल्लो महिना ११ हजार तीन सय जनाले श्रम स्वीकृति लिएकोमा फागुनमा घटेर छ हजार ७५७ जनाले लिएका छन् । त्यसै गरी साउदी अरबमा अघिल्लो महिना ११ हजार एक सय जनाले श्रम स्वीकृति लिएकोमा फागुनमा छ हजार २२५ जनाले मात्र श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति रोकिएका कारण घटेकाले अर्को महिना बढ्न सक्ने अनुमान गरिएको छ ।

Health Tips Ad Road Block