Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबीच सहकार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबीच सहकार्य भएको छ। दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण गर्नेछ।

सम्झौतापछि ओम्नी (काबरा) ग्रुपले ससीला मोटर्स प्रालिसँगको सहकार्यमा किटोन भ्यान र चेरी वान्डा बस देशभर बिक्री गर्नेछ। नेपालका अटोमोबाइल क्षेत्रमा स्थापित दुई कम्पनीबीचको यो सहकार्यलाई विद्युतीय कमर्सियल सवारीसाधनको बजार विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा विशेष पहिचान बनाएको ससीला मोटर्स प्रालि विद्युतीय कमर्सियल सवारीसाधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा चिनिन्छ। त्यस्तै ओम्नी (काबरा) ग्रुप पनि व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा करिब ३५ वर्षदेखि सक्रिय रहँदै आएको कम्पनी हो। यी दुई संस्थाबीचको सहकार्यले नेपाली अटोबजारमा विद्युतीय सवारीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

ससीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा विद्युतीय व्यवसायिक सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि यो साझेदारी महत्वपूर्ण हुने बताए। उनका अनुसार यस सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने, देशव्यापी पहुँच विस्तार हुने तथा ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

ओम्नी (काबरा) ग्रुपका निर्देशक उदयन काबराले ससीला मोटर्ससँगको सहकार्यबाट बजारको आवश्यकता अनुरूप प्रभावकारी, भरपर्दो र दिगो व्यवसायिक सेवा प्रदान गर्ने बताएका छन्। उनले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै बिक्रीसँगै सर्भिस तथा अन्य सेवासुविधालाई समेत चुस्त र विश्वसनीय बनाइने जानकारी दिए।

Health Tips Ad Road Block