काठमाडाैं । काठमाडौंकाे नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने २ जनालाई एक करोड सोह्र लाख रुपैयाँ नगद लगायत विभिन्न सामानसहित प्रहरीले पक्राउ गरेकाे छ ।
अभौतिक मुद्राको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने वर्ष २८ का सागर गिरी र साेही स्थान बस्ने वर्ष २८ का प्रमोद प्रसाद धिताललाई पक्राउ गरेकाे हाे ।
उनीहरूकाे साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक ३ थान, विभिन्न व्यक्तिको नाममा काटेको रु.२७ लाख ३० हजार रुपैयाँको चेक ३ थान, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको एटीएम कार्ड ४ थान, नागरिकता १ थान, चार पाङ्ग्रे सवारीसाधन २ थान, दुई पाङ्ग्रे सवारीसाधन १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीको मोबाइल फोन ६ थान, एनसेल र एनटीसीकाे सीम कार्ड ३१ थान, कम्प्युटर सेट एउटा बरामद भएकाे छ ।
त्यस्तै Bianace खातामा रहेको रकम 7,175.34 USDT पनि बरामद गरिएकाे प्रहरी उपरीक्षक/प्रवक्ता/सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।





















