Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न सबैसमक्ष आग्रह गरेको छ ।

निगमले मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालमा त्यसको प्रभाव नपरेको भन्दै यस्तो आग्रह गरेको हो ।

निगमले यो परिदृश्यमा विश्वका कतिपय मुलुकहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण र प्रयोगमा सुरक्षात्मक उपाय अवलम्वन गरिसकेका छन्। पूर्णरुपमा आयातमा परनिर्भर निगमले खपतमा केही सुरक्षात्मक प्रवन्ध गर्न जरुरी भएकाले निगमले उपभोक्तालाई अनावश्इक भण्डारण नगर्न भनेको हो ।

निगमले निम्नानुसार अनुरोध पनि गरेको छ ।

पेट्रोलियम पदार्थ तथा ग्याँसको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्ने ।

मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्ने

अनावश्यक भण्डारण नगर्ने ।

ग्याँसको सट्टा बिजुलीको खपत बढाउने ।

राइड शेयरिङको व्यवस्था गर्ने ।

विद्युतका लागि जेनेरेटर आदि नचलाउने ।

त्यसैगरी औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्याँसको खपत कम गर्ने, इन्धन तथा एलपि ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भईरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भएतापनि विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अद्भुत हुन नसक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न निगमले भनेको छ ।

निगमले कसैले निर्देशनको बर्खिलाप गरी अनावश्यक रुपमा ग्याँस सिलिन्डर होल्डिङ गरेको पाईएमा, बढी मूल्य लिई ग्याँस तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिन्डरको बजारीकरण गरेको पाईएमा नेपाल सरकारको कानुन बमोजिम कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

Health Tips Ad Road Block