काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.१५७९ प्रतिशत लाभाँश बाँड्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ४५९ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ८.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४६७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश स्वीकृतीका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने र नेपाल बीमा प्राधिकरणवाट स्वीकृती भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण हुने छ ।






















