Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

समानुपातिक अपडेटः कुन दलले कति पाए मत ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभाको मतगणना अनुसार समानुपातिक मतको विवरण पनि प्राप्त भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ५९ हजार ५४६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले १९ हजार ०१७ मत, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ११ हजार २८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ४८३ मत, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार १५३ मत, राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ४७३ मत, श्रम संस्कृति पार्टीले २ हजार १७३ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ८११ मत, नेपाल जनता संरक्षण पार्टीले २७० मत, जनमत पार्टीले २६५ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले २०६ मत, एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले २३६ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २२७ मत, जनता समाजवादी पार्टी, नेपाल १३४ मत, राष्ट्र निर्माण दल नेपाल,१३२ मत, संयुक्त नागरिक पार्टी १२७ मत र राष्ट्रिय जनमोर्चा १०० मत प्राप्त गरेकाे छ ।

अन्य दलले १०० अंक कटाउन सकेका छैनन् ।

Health Tips Ad Road Block