Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अपडेटः काँग्रेस ५, एमाले २ र नेकपा एक र स्वतन्त्र एक स्थानमा विजयी, यस्तो छ अग्रता !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनाको नतीजा आउनेक्रम जारी रहेको छ । जसअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ स्थानमा जित हासिल गर्दा पुराना र ठूला भनिएका पुराना दलहरुले झिनो जित निकालेका छन् । सबैभन्दा पुरानो दल नेपाली काँग्रेसले ५ सिटमा जित निकालेको छ भने नेकपा एमालेले २ र नेपाली कम्पुनिष्ट पार्टीले एक स्थानमा जित निकालेको छ । एक स्वतन्त्र विजयी भएका छन् । अन्य दलका उम्मेदवारले खाता खोल्न सकेका छैनन् ।

निर्वाचन आयोगका अनुसार काँग्रेसका ५ मध्ये तेह्रथुम १ मा सन्तोष शुब्बा (११, ५६१), मनाङ १ मा टेक बहादुर गुरुङ (२, ४१५), मुस्ताङ १ मा योगेश गौचन थकाली (३, ३०७), दैलेख १ मा बासना थापा (१२, ३७२) र डोटी १ मा भरत बहादुर खड्का (१४,८९७) मत सहित विजयी भएका छन् । काँग्रेसले ११ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै नेकपा एमालेले २ स्थानमा जित निकालेको छ । एमालेले बाँके २ बझाङ १ मा जित निकालेको हो । बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६२८ र बझाङ १ मा एमालेका ऐन बहादुर महर १८ हजार ५४३ मतसहित विजयी भएका हुन् । एमालेले ८ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० महतसहित विजयी भएका छन् । नेकपाले ८ स्थानमा अग्रता लिइरहेको छ ।

स्वतन्त्रअन्तर्गत म्याग्दी १ मा महावीर पुन २२ हजार ८५० मतसहित विजयी भएका छन् ।

श्रम संस्कृति पार्टी ४ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्रले एक/एक स्थानमा अग्रता कायम गरिरहेका छन् ।

Health Tips Ad Road Block