skip this News Page Tips Ad Road Block

आज निर्वाचन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । मुलुकको नयाँ भाग्य र भविष्यको लागि आज देशैभर निर्वाचन शुरु भएको छ । संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समुन्नति, आर्थिक विकास, पारदर्शी सेवा प्रवाह र समग्र रूपान्तरणको मूल मुद्दाकेन्द्रित प्रतिनिधि सभा निर्वाचनको उल्लास देशैभर छाएको छ । सुशासन, रोजगारी र जवाफदेही नेतृत्वका पक्षमा भएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको कार्यादेश अनुसार बिहीबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान भइरहेको हो । प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी २७५ प्रतिनिधि सभा सदस्य पदका लागि आज मतदान हुने छ ।

संविधान जारी भएको एक दशक पूरा हुनै लाग्दा तय भएको प्रतिनिधि सभा निर्वाचनले देशलाई नवीन रूपान्तरणको मार्गतर्फ अघि बढाउने अपेक्षा गरिएको छ । मतदानस्थलमा रहेका मतदाता, राजनीतिक दलमा आबद्ध नभएका सामाजिक अभियन्ता र जेनजी आन्दोलनको अगुवाइ गरेका अभियन्ताले प्रतिनिधि सभा निर्वाचनमार्फत वास्तविक रूपमै नयाँ नेपाल निर्माणका लागि नवीन अठोट र जनादेश प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

 

Health Tips Ad Road Block