काठमाडौँ । वैदेशिक रोजगार विभागले फागुन २० देखि २२ गतेसम्मको सार्वजनिक बिदामा अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।
विभागले मंगलबार सूचना सार्वजनिक गर्दै विभागको कार्यालयका कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले श्रम स्वीकृतिसम्बन्धी कार्य अनलाइनबाट दिने व्यवस्था गरेको जनाएको हो ।
विभागका अनुसार खाडीका देशमा श्रम स्वीकृति रोकिएको छ । अन्य देशको त्यति चाप नहुने हुँदा अनलाइनबाटै सहजरूपमा गर्न सकिन्छ ।





















