ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर संचालन गरेको छ । लुयान नेपालले बिक्रि गर्ने सारथी ब्राण्डको विँगर र इकुटर स्कुटरको नगद खरिदमा रु. १५ हजारसम्मको छुटको व्यवस्था गरेको छ भने लुयान ब्राण्डको एमएनके ३ प्रो स्कुटरको खरिदमा रु. १० हजारसम्मको छुटको व्यवस्था गरेको छ ।

नगद छुटसँगै एउटा प्रिमियम हेलमेट र रेनकोट पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल तथा अन्य शोरुमबाट स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीले नेपाली बजारमा विगत ७ बर्षदेखि विभिन्न इलेक्ट्रिक स्कुटरहरुको बिक्रि र बिक्रिपछिको सेवा दिँदै आइरहेको छ ।

नेपाली बजारमा गुणस्तरीय स्कुटर सुपथ मुल्यमा दिने कम्पनीको रुपमा लुयान नेपाल परिचित छ । नेपालका डेडिकेटेड इलेक्ट्रिक स्कुटर कम्पनीहरुमा सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग सेन्टर पनि लुयान नेपालको नै रहेको कम्पनीको दाबी छ ।

रु. १ लाख ४० हजारदेखि लिएर २ लाख ६१ हजारसम्मका इलेक्टिक स्कुटर बिक्री गर्दै आइरहेको यो कम्पनीले आउँदो नयाँ वर्षमा लामो रेन्ज दिने इलेक्टिक स्कुटर लञ्च गर्ने योजना बनाएको जनाएको छ । करिब ३ सय किलोमिटर रेन्ज दिने उक्त स्कुटरको लागि अहिले परिक्षण चलिरहेको बताइएको छ ।

Health Tips Ad Road Block