जनकपुर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरुसहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले मधेश प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्वित्तीय र तृत्तीय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानका क्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरुको लागि अभिकर्तामैत्री योजना ल्याउने क्रममा वार्षिकरुपमा प्रदेशस्तरीय कार्यक्रम गर्ने गरी सिईओ क्लबको अवधारणा ल्याएको र यस अवधारणा अन्तर्गत सिइओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने सम्वन्धमा विभिन्न उदाहरणमार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए ।
यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरुमध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए । सहभागी अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा मेहेनतको कदर भएको र यस प्रकारको उत्कृष्ट तालिमको व्यवस्था गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए ।






















