Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

झापामा ओलीसमक्ष जनताले गरे झोलुङ्गे पुलको माग

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । झापा क्षेत्र नं. ५ मा पर्ने गौरादह नगरपालिकाको पश्चिमी क्षेत्रका बासिन्दाले मोरङ्सँगको सम्पर्क सहज बनाउन झोलुङ्गे पुलको संख्या थप गरि दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । स्थानीयबासी एवम् मतदाताहरुसँगको भेटका लागि मंगलबार त्यस क्षेत्रमा पुगेका ओलीलाई उनीहरुले विद्युत, सडक लगायतका पूर्वाधारको सुविधा उल्लेखनीय रुपमा भएको भन्दै ‘पारी’ (मोरङ्) जोड्ने ठाउँ ठाउँमा झोलुङ्गे पुल हालि दिन माग गरेका हुन् ।

यस्तै झापा र मोरङ्का बासिन्दालाई समेत लाभ पुग्ने गरि सो स्थानमा अस्पताल सञ्चालनका लागि समेृत उनीहरुको माग छ । ‘अब यहाँ अरुले गर्लान् भन्ने केहि आशा छैन, चाहिए जति पुर्‍याई दिने तपाईनै भएकाले हामीले यि माग राखेका हौं’–अध्यक्ष ओलीलाई भेट्न आएका स्थानीयले बताए ।

ओलीले मंगलबार गौरादहका बालुबथान, दामुना, चप्रामारी लगायतका क्षेत्रका बासिन्दाहरुसँग भेट गरेका छन् । २०४८ साल यता अध्यक्ष ओली यहि क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

Health Tips Ad Road Block