रामेछाप । रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






















