काठमाडौं । लगातार आज तेस्रो दिन पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेर सुन प्रतितोला ३ लाख ०५ हजार ५०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५२४० रुपैयाँ रहेको छ ।






















